मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

मालपोत अधिकृतविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा

३० मंसिर, २०७७ ०७:३८ मा प्रकाशित

206 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध ७ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले राजस्व चुहावट एर्व हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै दर्जीसहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोतका नायब सुब्बा मनोजकुमार निरौला र लेखापाल बलराम सापकोटाविरुद्ध अख्तियारले प्रतिवादी बनाएको छ ।

लेखा अधिकृत दर्जीले राजस्व वापत उठेको ७ करोड ८ लाख १७ हजार बैकमा जम्मा नगरी हिनामिना गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार लेखा अधिकृत दर्जिले अख्तियारको अनुसन्धान चलिरहेको अवस्थामा भएको आन्तरिक लेखा परिक्षणमा २ करोड ५८ लाख ३ हजार चाँहि जम्मा गरेका छन् ।

अझै पनि उनले ४ करोड ५० लाख १३ हजार रुपैया दाखिला नगरी हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ उनले यति ठूलो रकम बैंकमा दाखिला नगरी हिनामिना गरेका छन् । सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको पनि भेटिएको आरोप पत्रमा जनाइएको छ । दाखिला भौचर बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको देखिंएको छ । मालपोतका लेखा अधिकृत दर्जिविरुद्ध ४ करोड ५० लाख १३ हजार विगो कायम गर्दै उक्त रकम जफत गरी आठदेखि १० वर्षको कैद सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

लेखापाल सापकोटाले मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकममध्ये ५८ लाख ४३ हजार सम्बन्धित बैंक खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । लेखापाल सापकोटाविरुद्ध हिनामिना भएको राजस्व रकम असुलउपरका साथै ६ देखि ८ वर्षको कैद सजायको माग दाबी गरिएको छ ।

नायब सुब्बा निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ हजार लेखा शाखामा नबुझाई भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।नासु निरौलाविरुद्ध भ्रष्टाचार गरेको रकम असुलउपरसहित ६ महिनादेखि डेढ वर्षसम्मको सजायको मागदाबी गरिएको छ

आर्थिक वर्ष २०७३/०७४ तथा २०७४/०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome