मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ४३८ सहित देशभर थप ९३६ जनामा कोरोना पुष्टी, १,९९६ डिस्चार्ज

३० मंसिर, २०७७ १७:२७ मा प्रकाशित

486 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३८ जना सहित देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ।

पछिल्लो २४ घण्टामा १९ सय ९६ जनाले कोरोना जितेर संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ। ४५७ जना क्वारेन्टाईनमा छन् भने ९ हजार ८८१ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २२१ जनाको आइसीयूमा र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome