शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढ्दैछ : पौडेल

३० मंसिर, २०७७ १७:३३ मा प्रकाशित

272 पटक पढिएको

politician ram chandra paudel nepali congress

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।

नेता पौडेलले संवैधानिक परिषदको मुल मर्म विपरीत संवैधानिक निकायमा आफु अनुकुल मानि भर्ने नियतका साथ अध्यादेश जारी गरिएको भन्दै विरोध जनाए । उनले यसलाई सर्वसत्तावाद र निरंकुशता तर्फ सरकार अगाडि बढेको आरोप लगाएका छन् ।

पौडेलले ट्वीट गर्दै लेखेका छन्, ‘संवैधानिक परिषदको मुल मर्म विपरित संवैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।’

यस्तै कांग्रेसका नेता डा शेखर कोइरालाले पनि अध्यादेश जारी गर्ने कदमको विरोध जनाएका छन् । उनले अध्यादेशलाई तुरुन्तै खारेज गर्न समेत माग गरेका छन् । कोइरालाले अध्यादेशलाई अधिनायकवादको सिंढीको संज्ञा समेत दिएका छन् ।

नेता कोइरालाले भनेका छन्, ‘संविधानको मर्म र भावना विपरीत ल्याईएको “संवैधानिक परिषद सम्बन्धि अध्यादेश” तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।’

मंगलबार आकस्मिक रुपमा जारी भएको अध्यादेश बारे नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कांग्रेसका अधिकांश नेताहरुले विरोध जनाएका छन् ।

कांग्रेसका कतिपय नेताहरुले प्रधानमन्त्रीलाई यस कदम तत्काल सच्याउन आग्रह समेत गरेका छन् । संवैधानिक परिषदको मंगलबारको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर संवैधानिक परिषद सम्बन्धी व्यव्थामा केही परिवर्तन गर्न सिफारिस गरेका थिए । राष्ट्रपतिबाट तत्कालै अध्यादेश जारी भएको छ । अध्यादेशमा संवैधानिक परिषदको बैठकले निर्णय गर्न आवस्यक पर्ने गणपुरक संख्या घटाइदिएको छ ।

मंगलबार साँझ ५ बजे बस्ने तय गरिएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने अडान लिएका छन् । प्रधानमन्त्रीबाट अचानक अध्यादेश आएपछि नै देउवाले बैठकमा उपस्थित नहुने बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome