शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा ३९१ सहित देशभर थप ७३६ जनामा कोरोना पुष्टि, ८४७ डिस्चार्ज

१ पुष, २०७७ १७:५३ मा प्रकाशित

273 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जनासहित देशभर थप ७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २९४, ललितपुरमा ७७ र भक्तपुरमा २० जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८४७ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

४५२ जना क्वारेन्टाईनमा र ९ हजार ७५७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै २८९ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome