सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

ओली-प्रचण्ड सहमति : अध्यादेश फिर्ता लिने, विशेष अधिवेशनको निवेदन स्थगित

१ पुष, २०७७ १७:५६ मा प्रकाशित

606 पटक पढिएको

oli and prachanda

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ ।

बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश समेत फिर्ता लिने सहमति भएको छ।

मंगलबार राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन ओली तयार भएपछि दुई अध्यक्षबीच नयाँ सहमति भएको हो। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकअघि नै कार्यकारी अध्यक्ष र महासचिव विष्णु पौडेलसँगको छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत भएका हुन् ।

नयाँ सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोपपत्र सबै फिर्ता हुने भएको छन्। अध्यादेश फिर्ता लिन सहमत भएका प्रधानमन्त्री ओलीले अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशन माग गर्दै नेकपा नेताले शीतल निवासमा पुर्याएको निवेदन फिर्ता गर्न प्रचण्डसँग आग्रह गरेका थिए। प्रचण्डलेसमेत ओलीको आग्रहलाई स्वीकार गरेपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ।

राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ। अध्यादेशसम्बन्धी विवाद अदालतसम्म पुगेको छ। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत पेश गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome