बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

उपत्यकामा भोलिबाट जोर-बिजोर प्रणाली हटाइने

२ पुष, २०७७ १६:४५ मा प्रकाशित

688 पटक पढिएको

koteshwor jadibuti road

काठमाडौं – उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हटाइने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए।

केही दिनअघि यातायात मजदूर तथा यातायात व्यवसायीहरुले उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली नमान्ने भन्दै सीसीएमसीलगायतलाई ज्ञापनपत्र बुझाएको थियो। सरकारले काठमाडौं उपत्यकामा असोज १ देखि लागू हुनेगरी जोरबिजोर प्रणाली लगाएको थियो।

लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome