बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा ३६३ सहित देशभर थप ७७६ जनामा कोरोना पुष्टी, ९४७ डिस्चार्ज

२ पुष, २०७७ १६:५६ मा प्रकाशित

297 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जनासहित देशभर थप ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ। ४४४ जना क्वारेन्टाईनमा छन् भने ९ हजार ५८० आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २८१ जनाको आइसीयूमा र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome