बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा २८७ सहित देशभर थप ७८२ जनामा कोरोना पुष्टी, १,०२९ डिस्चार्ज

३ पुष, २०७७ १६:५२ मा प्रकाशित

338 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८७ जना सहित देशभर थप ७८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २९ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय ९ हजार ३१७ संक्रमितको संख्या रहेको छ। ४२७ जना क्वारेन्टाईनमा छन् भने ९ हजार ३१७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २८३ जनाको आइसीयूमा र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome