शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

अध्यादेश फिर्ता लिन र तत्काल अधिवेशन बोलाउन कांग्रेसको माग

३ पुष, २०७७ १६:५७ मा प्रकाशित

447 पटक पढिएको

nepali congress

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन अबिलम्व बोलाउन माग गरेको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । अध्यादेश संविधानको भावना र मर्म विपरीत भएको भन्दै
कांग्रेसले संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

सरकारले अप्रत्यासितरुपमा ल्याएको अध्यादेश फिर्ता गर्न, अबिल्मब संसद अधिवेसन बोलाउन र भ्रष्टाचार, व्यथिति र मूल्यवृद्धि रोक्नेजस्ता निर्णय बैठकले गरेको कांग्रेस नेता डिला संग्रौलाले बताइन्।

संविधानमाथि ठाडो हस्तक्षेप गरेर ओली सरकार सर्वसत्तावादी बाटोमा हिड्न खोजिरहेको आरोप कांग्रेसले लगाएको छ। परिषद‍् बैठकले गरेका कुनै पनि निर्णय मान्य नहुने र अध्यादेश फिर्ता नगरेसम्म परिषद‍ बैठकमा कांग्रेस सहभागी नहुने समेत उनले जानकारी दिइन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome