शुक्रबार, १ आश्विन २०७८
शुक्रबार, १ आश्विन २०७८

IT Training Nepal

गोठमा आगो लाग्दा ८५ वर्षीय वृद्धको मृत्यु

३ पुष, २०७७ १७:०४ मा प्रकाशित

471 पटक पढिएको

fire

राजविराज – शुक्रबार बिहान गोठमा आगो लाग्दा ८५ वर्षीय वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गोठमा सुतिरहेका झलाही यादवको मृत्यु भएको हो।

विद्युत सट भएर लागेको आगोले गोठमा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको उनका छोरा मिश्रीलाल यादवले बताए।

आगोलाई साढे एक घण्टाको प्रयासमा नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासीले नियन्त्रण गरेका छन्। आगलागीबाट एक लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा लगिएको छ। आगलागीबाट मृत्यु भएको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome