सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

खोप आयात गर्न र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

४ पुष, २०७७ ०८:१५ मा प्रकाशित

440 पटक पढिएको

politician bishnu poudel ncp-uml

काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात र जनतालाई उपलब्ध गराउने स्रोतको अभाव नहुने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित पदाधिकारीसँगको भेटमा उनले खोप आयातमा सञ्चारमाध्यममा समाचार आए जस्तो कुनै पनि स्रोतको अभाव नहुने बताएका हुन्।

खोप निर्माण गरिरहेका मुलुकसँग कुटनीतिक संवाद भइरहेको बताउँदै अर्थमन्त्री पौडेलले खोप सबै नेपालीलाई निःशुल्क गरिने पनि बताएका छन्।

‘भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन’, उनले भने, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ।’

बजारमा उपलब्ध हुने भ्याक्सिनहरुमा कम लागत पर्ने र गुणस्तरीय हुनुपर्ने सरकारले मापदण्ड बनाएको मन्त्री पौडेलले जानकारी दिए।

अर्थमन्त्री पौडेलले मापदण्ड अनुसार कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराउने जानकारी दिए।

यसैगरी सरकारले सबै नागरिकलाई भ्याक्सिन लगाउने तयारी गरे पनि १४ वर्ष मुनिका उमेर समूहलाई भने नलगाइने मन्त्री पौडेलले बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome