शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

एकाएक सक्रियता बढाउँदै प्रधानमन्त्री ओली

४ पुष, २०७७ १७:५३ मा प्रकाशित

714 पटक पढिएको

oli in meeting

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग खुमलटारमा छलफल गरेलगत्तै ओली गृहमन्त्री रामबहादुर थापा‘बादल’ लाई भेट्न पुगेका हुन्।

खुमलटारको प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रीनिवास पुल्चोकमा सचिवालय सदस्य तथा गृहमन्त्री थापासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ओली गृहमन्त्री ‘बादल’को निवासमा एक्लाएक्लै छलफलमा जुटेको बताइएको छ।

बादलसँगको भेटवार्ता चलिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ पनि छलफलमा सहभागी हुन पुगेका थिए। खुमलटारबाट प्रधानमन्त्री ओली बाहिरिए लगत्तै प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता माधव नेपाल पुगेका छन्।

सत्तारुढ नेकपाभित्रको विवाद ‘भुसको आगो’ झैं भित्रभित्रै दन्किरहेको बेला नेताहरुबीचको भेटले सहमतिको प्रयास पनि तीव्र बनेको छ। प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई दबाब दिँदै आएका छन्। प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो ‘आरोपपत्र’ माथि छलफल नगर्ने भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome