सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

सडक खनेर अलपत्र छोडेपछी स्थानीय आन्दोलित

४ पुष, २०७७ १८:०६ मा प्रकाशित

678 पटक पढिएको

public in protest

विराटनगर – विराटनगर ५ स्थित कोचाखाल सिटी रोडका स्थानीयहरु सडक निर्माणको माग गर्दै आन्दोलित भएका छन् ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले सो सडक निर्माणको लागि ठेक्का आह्वान गरे पनि ठेकेदारले सडक खनेर अलपत्र छोडेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । चान्दनी चौक र कृषी भवन छोड्ने सो सिटी रोडलाई बनाउन ठेकेदारले खनेर छोड्दा दैनिक दुर्घटना साथै रोडको छुलोले घर बस्ने नसक्ने बनाएपछि आन्दोलनमा उत्रिनु परेको स्थानीय अगुवा अशोक राजवंशीले बताए ।

पटक पटक वडा अध्यक्ष र महानगरपालिकाका मेयर भिम पराजुलीलाई सडक निर्माणमा ध्यान दिन आग्रह गरे पनि कुनै सुनवाइ नभएको उनको गुनासो छ ।

सडक खनेर अलपत्र छोडेको लामो समयदेखि लाग्ने सप्ताहिक हाट समेत लाग्न नसेको रावजवंशीले बताए । सडक निर्माणको ठेक्का विराटनगरका सञ्जय यादवले ९२ लाखमा लिएका हुन् । ठेकेदारले निर्माण ल्याएको गिटी समेत उठाएर लगेपछि सडक नबन्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएको बताउँछन् ।

स्थानीयहरुले सडक निर्माणको माग गर्दै केशलीया नहरमा डाट लगाए सडक अवरुद्ध समेत गरेका छन् । स्थानीय सन्तोष गुरागाईँका अनुसार सडक खनेर छोड्दा बालबालिका र वृद्धको स्वासप्रस्वासमा समस्या उत्पन्न भएको छ ।

सडकको धुलो घरसम्म पुग्ने भएकाले पनि थप समस्या उत्पन्न भएको उनी बताउँछन् । ठेक्का लागेको एक वर्ष भयो तर कतै सूचना वोर्ड समेत नहुँदा पनि स्थानीय आक्रोशित छन् । ठेकेदारलाई सोध्दा पैसा अभाव भएको बताउने गरेको पनि स्थानीयको भनाइ छ ।

ठेकेदार सञ्जय यादवले भने मन्त्रालयमा पैसा नभएर काम अघि नबढाएको जनाए । सो सडक खण्ड हुँदै दैनिक एक दर्जन भन्दा विद्यालयहरुको बस र सयौँ मालबाहक गाडी आवतजावत हुने गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome