आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

स्काउटभित्र गैर स्काउट हावी भएको भन्दै विरोध प्रदर्शन

५ पुष, २०७७ ०७:५४ मा प्रकाशित

386 पटक पढिएको

protest in scout nepal

काठमाडौं – स्काउटभित्र गैर स्काउटहरुको हावी भएको भन्दै नेपाल स्काउट संघर्ष समितिले लैनचौरस्थित स्काउट कार्यालयमा प्रदर्शन गरेका छन् ।

स्काउटको शुद्धिकरण र सम्पत्ती रक्षाका लागि विरोधमा उत्रनु परेको प्रदर्शनका सहभागीहरुले बताएका छन् । स्काउटभित्र गैर स्काउटहरुको मनोमानी र राजनैतिक क्रियाकलाप भएको भन्दै त्यस विरुद्धमा बाध्य भएर उत्रनु परेको संघर्ष समितिका संयोजक पुण्यराम गोथेले बताए ।

जिल्ला कमिटी खारेज भइरहेको अवस्थामा प्रदेश कमिटी गठन भएको तदर्थ समितिमा राजनैतिक दलका कार्यकर्ताहरुलाई राखिएको आरोप उनीहरुको छ । समितिले व्यक्तिगत पूर्वाग्रहबाट माथि उठेर संस्थाको रक्षाका लागि एकजुट हुन समेत सम्पूर्ण स्काउटहरुलाई आह्वान गरेको छ ।

६ महिना भित्रमा स्काउटको निर्वाचन गराइसक्नु भनेर युवा तथा खेलकुद मन्त्रालय संयोजक लोकबहादुर भण्डारीलाई जिम्मेवारी दिएको भए पनि ऐन जारी भएको २१ महिनासम्म पनि निर्वाचन नगरेको आरोप संघर्ष समितिले लगाएको छ । समितिले विभिन्न १० बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome