शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारी

५ श्रावण, २०७७ ०८:३६ मा प्रकाशित

821 पटक पढिएको

public transportation in nepal

काठमाडौं, साउन ५ : मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा लिएर जान थालेको र गाउँगाउँमा रहेका यातायात मजदुरहरूलाई शहरमा लिएर आउन थालेको व्यवसायीहरूले बताएका छन् ।

‘हाम्रो माग राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा समावेश भएसँगै हामीले साउन ८ गतेबाट सार्वजनिक यातायातहरू चलाउने तयारी गरेका छौँ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघका बागमती प्रदेशका महासचिव राजेश श्रेष्ठले भने । तर यसको अन्तिम निर्णय भने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले गरेपछि मात्रै हुने श्रेष्ठको भनाई छ ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले पुनः कर्जा लगायतका विषयमा सुविधा दिएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरि नै साउनवाट सार्वजनिक यातायात सञ्चालनको तयारी थालेको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले परिपत्र गर्ने र मन्त्रिपरिषद्ले थप केही सहुलियतको घोषणा गर्ने भएकाले साउन ८ गतेबाट मात्रै यातायात सञ्चालनको तयारीमा महासंघ लागेको छ ।

महासंघले सरकारसँग ४० सिटको गाडीमा २५ जना र ३० सिटको गाडीमा २० जना यात्रु बोक्न पाउनुपर्ने, एक जिल्लामा मात्रै नभएर ६० किलोमिटरको केन्द्र बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome