मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

बालुवाटारमा सुरक्षा परिषदको बैठक

५ पुष, २०७७ १७:३३ मा प्रकाशित

446 पटक पढिएको

prime minister of nepal kp sharma oli

काठमाडौँ – संसद विघटनसँगै प्रधानमन्त्री केपी ओलीले आइतबार दिउँसो सुरक्षा परिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । बैठकमा गृहमन्त्री, अर्थमन्त्री सहित प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

संसद भंग गराएपछिको बदलिँदो सम्भावित परिस्थितिबारे शतर्क रहन प्रधानमन्त्रीले बैठकमा निर्देशन दिनसक्ने बुझिएको छ । यसवाहेक उनले सम्भावित अन्य निर्णय पनि गर्नसक्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

आइतबार राष्ट्रपति मार्फत प्रधानमन्त्रीले संसद विघटन गराएपछि प्रतिपक्षी सहित सत्तारुढ दल नेकपाभित्रै पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको आलोचना भएको छ ।

सम्भावित सुरक्षा चुनौतीबारे सेनामा छलफल

संसद विघटनपछिको सम्भावित राजनीतिक परिस्थितिप्रति नेपाली सेनाले पनि चासो देखाएको छ । सेनापति पूर्णचन्द्र थापाले सातै वटा पृतनापतिसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरे ।

अबको अवस्थामा उत्पन्न हुनसक्ने सुरक्षा चुनदतीबारे उनीहरुको छलफल केन्द्रित भएको बताइएको छ । यद्यपि सेनाका अधिकारीहरुले यसलाई नियमित बैठकको रुपमा अर्थ्याएका छन् ।

यसवाहेक बदलिँदो परिस्थितिमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीमा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्ने पनि जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome