शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा २३८ सहित देशभर थप ५८८ जनामा कोरोना पुष्टी, १,०९७ डिस्चार्ज

५ पुष, २०७७ १७:४८ मा प्रकाशित

609 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३८ जनासहित देशभर थप ५८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। काठमाडौंमा १७९, ललितपुरमा ३३ र भक्तपुरमा २६ जना गरी उपत्यकामा थप २३८ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९७ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

देशभर ८ हजार ३२० जना सक्रिय संक्रमित रहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome