बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

ओलीको कदमविरुद्ध नेकपासहित तीन दलले संयुक्त प्रतिवाद गर्ने

६ पुष, २०७७ ०८:०१ मा प्रकाशित

703 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – संसद विघटनविरुद्ध नेकपासहित तीन दलले संयुक्त रुपमा प्रतिवाद गर्ने जनाएका छन् । नेकपा, कांग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताहरुको आइतबार साँझ बसेको बैठकले यस्तो सहमति गरेको हो ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल सहित बसेको शीर्ष नेताहरुको बैठकसँगै प्रधानमन्त्रीको कदमविरद्ध संयुक्त प्रतिवाद गर्ने सहमति भएको हो ।

यस कदमले देशलाई गम्भीर संकटतिर धकेलेको भन्दै उनीहरुले आगामी दिनमा संयुक्त रुपमा प्रतिवाद गर्ने बताएका हुन् । नेकपाको तर्फबाट माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा सहभागी थिए ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल र बालकृष्ण खाण सहभागी थिए । यस्तै जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो पनि बैठकमा सहभागी थिए । साथै यही सोमबारका लागि यी तीन दलको बैठक बस्ने तय भएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome