आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

संसद विघटनअघि प्रधानमन्त्रीविरुद्ध प्रचण्डसहित ९० सांसदको अविस्वासको प्रस्ताव दर्ता !

६ पुष, २०७७ ०८:०४ मा प्रकाशित

694 पटक पढिएको

prime minister of nepal kp sharma oli

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसहित ९० सांसदले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको बुझिएको छ ।

उनीहरुले आइतबार बिहान पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

उक्त प्रस्तावमा दाहाल, नेपाल, खनाल र उनीहरु निकट मन्त्रीहरुसहित ९० सांसदको हस्ताक्षर थियो । मन्त्रीहरुमा गिरीराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय, विना मगर लगायतको हस्ताक्षर थियो । हस्ताक्षर गर्ने सबै मन्त्रीहरुले आइतबार दिउँसो संयुक्त रुपमा राजीनामा दिइसकेका छन् ।

उनीहरुले उक्त प्रस्ताव मार्फत संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावप्रति पनि गम्भीर आपत्ति जनाएका थिए । संसद सचिवालयमा उक्त प्रस्ताव दर्ता भएसँगै राष्ट्रपति विद्या भण्डारीले संसद विघटन भएको घोषणा गरेकी हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome