सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

नेकपाले प्रधानमन्त्री ओलीमाथी अनुशासनको कारवाही गर्ने

६ पुष, २०७७ ०८:०७ मा प्रकाशित

559 पटक पढिएको

nepal communist party

काठमाडौं – बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले संसद् विघटन गर्ने कदम असंवैधानिक र निरंकुश रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो। बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कदमको भर्त्सना गर्दै अनुशासनको कारबाही गर्ने निर्णय भएको जानकारी दिए। त्यसैगरी राष्ट्रपतिविरुद्ध खेद प्रस्ताव पारित भएको छ।

त्यसैगरी पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि गरेको छ। आगामी रणनीति र कदमबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाइएको छ भने स्थायी समितिको बैठक पनि सोमबार दिउँसो बोलाइएको छ।

बैठकमा बोल्‍ने अधिकांश सदस्यहरूले ओलीको कदम गैरजिम्मेवारपूर्ण र जनादेशको अपमान भएकोले यसले पार्टीलाई नोक्शानी पुग्‍ने भन्दै विरोध गरेका थिए। प्रधानमन्‍त्रीको गलत सिफारिस सच्चाउनुको सट्टा हतारमा अनुमोदन गर्ने राष्ट्रपतिको कदमको भर्त्सना गरेका थिए।

बैठकले ओलीलाई कारबाही गर्ने निर्णयलाई केन्द्रीय कमिटिमा लैजाने भएको छ।१० गते बस्ने भनेको केन्द्रीय समिति ७ गते नै डाकिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome