बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

नयाँ राजनीतिक घटनाक्रमसँगै राजधानीमा उच्च सुरक्षा सतर्कता

६ पुष, २०७७ ०८:१४ मा प्रकाशित

330 पटक पढिएको

nepal police

काठमाडौं – संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको संभावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्‍दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ।

बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्‍वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।

नयाँ राजनीतिक घटनाक्रमबारे जंगीअड्डामा उच्च सैनिक अधिकारीहरूबीच आइतबार छलफल भएको छ। जंगी अड्डाको नीतिगत छलफल र निर्णय गर्ने निकाय (पीएसओज) को बैठकमा यसबारे छलफल भएको हो। (पीएसओज) मा मुख्यालयमा कार्यरत विभागीय प्रमुख सैनिक अधिकृतको सहभागिता रहने गर्छ।

नेपाली सेनाका सैनिक सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षा उत्पन्‍न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको बताए। उनले भने, ‘ नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षामा कस्तो असर पार्छ भन्‍ने हाम्रो चासो हो। त्यसका लागि स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायलाई कस्तो सहयोग गर्नुपर्छ भन्‍नेबारेमा छलफल र तयारी हो।’

प्रवक्ता पौडेलका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome