बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

प्रणाली विरुद्धको आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री

६ पुष, २०७७ १७:२६ मा प्रकाशित

242 पटक पढिएको

prime minister of nepal kp sharma oli

काठमाडौं – प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले हिजो जस्तो आज प्रणाली विरुद्धको आन्दोलन आवश्यक नभएको बताएका छन्। हिजो प्रणाली विरुद्ध गरिएका आन्दोलन र आज प्रणालीभित्रै आफ्ना असन्तुष्टि व्यक्त गर्ने र आफ्ना समस्याहरू समाधान गराउने बाटो फरक हुनुपर्ने उनको भनाई छ। सोमबार ४६ ओै दीक्षान्त समारोहमा भर्चुअल सम्बोधन गर्दै ओलीले समस्या समाधान गर्न संवाद र सहकार्य आवश्यकता भएको बताए।

‘हिजो जस्तो आज प्रणाली विरुद्धको आन्दोलन आवश्यक छैन। आज भर्खरै स्थापित प्रणालीभित्रै रहेर आवश्यक सुधार र परिवर्तनका मागहरू उठाउन सकिन्छ। हिजो प्रणाली विरुद्ध गरिएका आन्दोलन र आज प्रणालीभित्रै आफ्ना असन्तुष्टि व्यक्त गर्ने र आफ्ना समस्याहरू समाधान गराउने बाटो निश्चित रुपमा फरक हुनु पर्दछ।’ प्रधानमन्त्री ओलीले भने,‘त्यसका लागि संवाद र सहकार्य हुन सक्छ। यस्ता गतिविधिहरू शान्तिपूर्ण हुनु पर्दछ । अन्य प्रकारका गतिविधिहरू किमार्थ स्वीकार्य हुन सक्दैनन्।’

ओलीले विश्वविद्यालयले विश्व स्तरकै जनशक्ति उत्पादन गरेको दाबी गरका छन् । ओलीले भने,‘हाम्रो उत्पादनले विश्वमा प्रतिस्पर्धा गर्न सक्षमता हासिल गरेको छ। यसरी हाम्रा उत्पादनले दुनियाँका विश्वविद्यालयहरूबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धाका साथ अघि बढ्न सकेकोमा म खुशी व्यक्त गर्दछु। यो पक्कै पनि ठूलो उपलब्धि हो र हाम्रो लागि गौरवको कुरा हो।’

उनले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे। शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनु पर्ने उनको भनाई छ।

‘कतिपय विकसित मुलुकहरुमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ।ओलीले भने,‘विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण सिर्जना गरिदिन्छ।’ उनले आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच नहुने र विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनु पर्ने बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome