शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

ओलीलाई कारबाही गर्ने निर्णयबारे निर्वाचन आयोगलाई जानकारी

६ पुष, २०७७ १७:३२ मा प्रकाशित

522 पटक पढिएको

nepal communist party

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीलाई कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ। नेकपाको स्थायी समिति बैठकले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने सिफारिस केन्द्रीय कार्यसमितिमा गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको हो ।

आइतबार बसेको स्थायी समितिले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय कार्यसमितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कारबाही गर्ने सिफारिस स्थायी समिति सदस्य लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगलाई लिखितरूमा जानकारी गराएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाभित्र चर्को विवाद सृजना भएको छ। प्रधानमन्त्रीले आफू खुसी एकलौटी निर्णय गरेको भन्दै नेकपाका शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका छन्।

नेकपाको केन्द्रीय समिति बैठक मंगलबारका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome