बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

कर्णाली प्रदेशका विद्यालय सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै दिने तयारी

५ श्रावण, २०७७ ०८:५० मा प्रकाशित

1099 पटक पढिएको

school illustration

सुर्खेत, ५ साउन : विद्यालय सञ्चालन गर्ने अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ ।कोरोना भाइरसको सङ्क्रमणपछि संघीय सरकारले गत चैत ११ बाट मुलुकभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि खुलाउने नीति स्पष्ट नहुँदा विद्यालय व्यवस्थापन समितिलाई नै यसको अधिकार दिने तयारी गरिएको हो ।

विद्यालय पुनः सञ्चालन गर्न सरकारले स्पष्ट मिति नतोक्ने नीति लिएका बेला स्थानीय तहको समन्वयमै विद्यालयलाई जिम्मेवारी दिनु उचित हुने सम्बद्ध अधिकारीहरूले जनाएका छन् ।

कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेले सरकारले कहिले विद्यालय खोल्छ भनेर निर्णय कुर्न निकै ढिला हुने भन्दै खुल्ने वातावरण भएका विद्यालयबाटै पठनपाठन प्रारम्भ गर्नुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome