मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

उपत्यकामा ३६५ सहित देशभर थप ७२२ जनामा कोरोना पुष्टी, ९६६ डिस्चार्ज

७ पुष, २०७७ १६:४२ मा प्रकाशित

330 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६५ जनासहित देशभर थप ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या रहेको छ। ४१३ जना क्वारेन्टाईनमा रहेका छन् भने ७ हजार ७२९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome