शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

केन्द्रीय सदस्यहरुको वहुमत दाहाल-नेपाल समूहतिर

८ पुष, २०७७ ०८:२२ मा प्रकाशित

234 पटक पढिएको

prachanda and madhav nepal

काठमाडौं – सत्तारुढ दल नेकपा विभाजन हुँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहतिर केन्द्रीय सदस्यहरुको वहुमत सामेल भएका छन् ।

मंगलबार दिउँसो बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड र नेपाल समूहको भेला भइरहँदा नेकपाका वहुमत सदस्यहरु देखिए । जहाँ ३१० केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीले आह्वान गरेको केन्द्रीय समिति बैठक अवैधानिक भएको बताएका छन् । ओलीले बोलाएको बैठक भने बालुवाटारमा मंगलबार नै बसेको छ ।

प्रचण्डले ओलीलाई लक्षित गर्दै अल्पमतमा परेको नेताले बोलाएको बैठक अवैधानिक भएको बताए । ओलीको पक्षमा एक तिहाइ सदस्य संख्या समेत नपुग्ने भन्दै उक्त बैठक अवैधानिक भएको प्रचण्डको दावी छ ।

‘एक तिहाइ पनि पुर्‍याउन नसक्नेले तीन तिहाइ सदस्य थपें भनेर भन्नु हाँस्यास्पद हो ।,’ अध्यक्ष दाहालले भनेका छन् । प्रधानमन्त्री निवास बालवाटारमा बसेको ओली समूहको बैठकले भने ११ सय ९९ सदस्सीय महाधिवेशन आयोजक समिति बनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome