बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

राष्ट्रपतिसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता

८ पुष, २०७७ ०८:२९ मा प्रकाशित

603 पटक पढिएको

hou yanqi with bidhya devi bhandari

काठमाडौं – संसद विघटनपछि उत्पन्न संकटका बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् ।

मंगलबार साँझ शितलनिवास पुगेर यान्छीले भण्डारीसँग भेटेकी हुन् । राष्ट्रपति कार्यालयका अधिकारीहरुका अनुसार यो एक नियमित र पूर्वतालिका अनुसारकै भेटघाट नै थियो ।

यद्यपि पछिल्लो समय उत्पन्न संकटसँगै राष्ट्रप्रमुखसँग पहिलो पटक भेट गर्ने विदेशी दूत यान्छी नै हुन् । व्यक्तिगत र सामान्य भेटघाट भनिए पनि यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि पनि नेकपाको आन्तरिक विवादका क्रममा यान्छीले छोटो अवधिमा नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । पछिल्लो पटक यान्छीले नेकपाका केही मन्त्रीहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेको बुझिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome