मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थान बनाइने

५ श्रावण, २०७७ ०८:५६ मा प्रकाशित

503 पटक पढिएको

kanti child hospital kathmandu

काठमाडौं, ५ साउन : राजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष अघिको योजनाले गति लिएपछि अस्पताल अध्ययन संस्थान बन्ने देखिएको हो ।

बाल स्वास्थ्य अध्ययन संस्थानका रूपमा विकास गर्न सरकारले नीति तथा कार्यक्रममा राखेपछि अध्ययन संस्थान बन्ने बाटो खुलेको हो । संस्थानलाई बाल रोगका विभिन्न विधामा उच्च शिक्षा अध्ययन गर्ने उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न अवधारणा बनाई मन्त्रालयमा पेस गरिएको छ ।

यस अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा प्रकाश जोशीले बाल अध्ययन स्वास्थ्य संस्थानमा विकास गर्ने लक्ष्यअनुरूप आउँदो वर्षदेखि एमडी अध्ययन सुरु गर्ने बताएका छन् । उनका अनुसार प्रत्येक वर्ष १६ जनालाई एमडी पेडियाट्रिक्स अध्यापन गराइने योजना छ ।

अस्पतालका निर्देशक डा कृष्ण पौडेलले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिए । सरकारले २०४२ सालमा बाल स्वास्थ्य अध्ययन संस्थानका लागि मुआब्जा दिई जग्गा अधिग्रहण गरेको थियो । हाल ३५ रोपनी जग्गा बाल स्वास्थ्य अध्ययन संस्थानका लागि छुट्ट्याइएको छ ।

अस्पतालका अनुसार २०५२ सालमा अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्न विभिन्न समिति बनाई प्रतिवेदन तयार भएको थियो तर कार्यान्वयन हुन सकेको थिएन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome