शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

थप ७४३ जनामा कोरोना पुष्टी, ९५२ जना डिस्चार्ज

८ पुष, २०७७ १७:११ मा प्रकाशित

242 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome