मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

प्रतिनिधिसभा पुनर्स्थापना गरेर नयाँ सरकार बनाउने प्रचण्डको दाबी

८ पुष, २०७७ १७:१५ मा प्रकाशित

660 पटक पढिएको

pushpa kamal dahal prachanda

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दाबी गरेका छन्। बानेश्वरमा बुधबार दिउँसो प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि उनले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर राष्ट्र र जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्न आफ्नो ध्यान हुने बताए।

उनले आफूले चुनौतीको समयमा जिम्मेवारी पाएको बताएका छन्।‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नमा मैले लगाउने छु।’उनले भने, ‘जनताको भरोषामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै र माननीट्ठको विश्वास लिँदै संसदलाई जीवित राखि राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा मैले सबै तागत लगाउने छु, मलाई विश्वास छ अन्तत: हामी सफल हुनेछौं।’

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो। प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी थिए। नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएको छ। प्रचण्ड-नेपाल समूहको विघटित नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्रीको प्रतिनिधि सभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि बढाउन माग गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome