बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

इपिएस परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

८ पुष, २०७७ १७:२१ मा प्रकाशित

319 पटक पढिएको

fake eps examinee

काठमाडौं – इ पि एस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने प्रशिक्षकलाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका १९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ५ रुद्रमतीमार्ग, कालोपुल बस्ने बर्ष ५१ का उत्तम मान लिम्बु रहेका छन् ।

लिम्वुले बागबजारस्थित सेनसेग कन्सल्ट्यान्सिमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए । लिम्वुले विभिन्न समयमा कोरियन भाषाको इ पि एस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तिर्ण हुने र प्रतिव्यक्ति ७ लाख रुपैयाँ सम्म लिने गरेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।

विद्यार्थीहरुलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने सूचना प्राप्‍त भएपछी लिम्बुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरि आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome