सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

युवतीको प्रयोग गरी डकैती गर्ने एक पक्राउ

९ पुष, २०७७ १६:०४ मा प्रकाशित

682 पटक पढिएको

bulglar arrested

काठमाडौं – युवती प्रयोग गरी लुट्ने एक लुटेरालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्ला शैलुङ्ग गाउँपालिका – ३ घर भई काठमाडौं स्युचाटार बस्ने बर्ष ४९ का सागर भन्ने लालबहादुर श्रेष्ठ रहेका छन् ।

सिन्धुली कमलामाई नगरपालिका – २ बस्ने भोला बहादुर जर्घा मगरलाई रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा युवतीले लिफ्ट मागेकोमा लिफ्ट दिई कंलकी जाने क्रममा युवतीले चोभारसम्म पुर्याउन अनुरोध गरी चोभारमा पुर्याएका थिए। त्याँहा पहिले देखि नै बसेका लालबहादुरले रड प्रयोग गरी मगरको साथमा भएको ६ तोला सुनको सिक्री १ थान, मोवाईल २ थान, रेबन चस्मा १ थान र नगद रु. ७ हजार रुपैयाँ समेत गरी अन्दाजि रु ६ लाख ३५ हजार बराबरको धनमाल लुटी फरार भएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले सागर भन्ने लालबहादुर श्रेष्ठ समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरी बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने बुझिन आएको अपराध महाशाखाले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलिले घटनामा संलग्न मध्ये लालबहादुर श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महशाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome