सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलनको घोषणा, २५०१ सदस्यीय आन्दोलन समिति

९ पुष, २०७७ १६:१२ मा प्रकाशित

389 पटक पढिएको

prachanda and madhav nepal

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले शसक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

भोलिबाटै आन्दोलन सुरु गर्ने भएपनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । प्रदर्शन काठमाडौं केन्द्रित हुने उनले बताए ।

यस्तै आजको बैठकले आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। यस्तै आजको बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने पनि निर्णय गरेको छ।

यता ओली समूहको पनि केन्द्रीय कार्यसमिति बैठक बसेको छ। मन्त्रिमरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय प्रचण्ड समूहले गरेको हो।

प्रचण्ड–माधव नेपाल पक्ष शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ। विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

२५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध आन्दोलन गर्न समिति बनाइएको हो ।आन्दोलनको कमाण्डका लागि सानो आकारको सचिवालय बनाइने तयारी छ ।

संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएता पनि निर्णय हुन सकेको छैन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome