सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

नेपालका तीन राष्ट्रिय खेलाडीले युएईमा टी–१० लिग खेल्ने

९ पुष, २०७७ १६:२२ मा प्रकाशित

684 पटक पढिएको

nepalese cricketers in t10 league UAE

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ। कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ। कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन्।

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लागेका हुन्। यसअघि टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसकेका छन्। खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहेका छन्। टी–१० लिग सन् २०२१ जनवरी २८ देखि सुरु हुनेछ। उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome