मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

जनकपुरधामको एक डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा भीषण आगलागी

९ पुष, २०७७ १६:२८ मा प्रकाशित

400 पटक पढिएको

fire

जनकपुरधाम – जनकपुरधामको एक डिपार्टमेन्टल स्टोर र एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उप–महानगरपालिका कर्यालयको सय मिटर दुरीमा आगलागी भएपनि उप–महानगरले बारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुको कथन छ । आगो नियन्त्रणमा धनुषा तथा महोत्तरीबाट आएका चार बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासी जुटेका छन्।

धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट र महोत्तरीको जलेश्वर नगरपालिकाको बारुण यन्त्र आगलागी नियन्त्रणका लागि जुटेका छन्।

यसैगरी आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेश क्याम्पबाट सयौंको संख्यामा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

जनकपुरधाम उप–महानगरपालिकामा दुईवटा बारुण यन्त्र रहेपनि महिनौंदेखि दुवै बिग्रिएर थन्क्याइएको छ ।आगलागी हुँदा समयमै बारुणयन्त्र ल्याउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका मेयर लालकिशोर साहविरुद्ध नाराबाजी समेत गरेका थिए ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome