मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा २७९ सहित देशभर थप ६०८ जनामा कोरोना पुष्टी, ८९२ डिस्चार्ज

१० पुष, २०७७ १६:४६ मा प्रकाशित

757 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७९ जनासहित देशभर थप ६०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८९२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ। ३६९ जना क्वारेन्टाईनमा छन् भने ७ हजार ९२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome