शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

केपी ओली गणतन्त्र र संघीयता विरोधी मान्छे हो : नेपाल

१० पुष, २०७७ १६:५० मा प्रकाशित

761 पटक पढिएको

madhav kumar nepal

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्री ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका हुन् ।

‘केपी ओली गणतन्त्र विरोधी मान्छे हो’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले अब एकताबद्ध भएर विगतका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने बताए । देशलाई न्याय, समाजलाई न्याय र पार्टीलाई पनि न्याय दिएर अगाडि बढ्ने उनको भनाइ छ ।

पार्टीको सम्पत्तिका विषयमा पत्रकारले गरेको प्रश्नको जवाफ दिने क्रममा उनले आधिकारिक आफूहरु भएको बताए । ‘आधिकारिक पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो’, नेता नेपालले भने, ‘नेकपाको नाममा भएका पार्टी कार्यालय, सम्पत्ति नेकपाकै हुनेछ । हाम्रो हुनेछ । जहाँसम्म कसैका निजी सम्पत्ति छन् भने हाम्रो हुँदैन।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome