सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा २६७ सहित देशभर थप ५०० जनामा कोरोना पुष्टी, ८४० डिस्चार्ज

१२ पुष, २०७७ ०८:१९ मा प्रकाशित

273 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७ जनासहित देशभर थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ८४० जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४९ हजार १३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome