सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा २०८ सहित देशभर थप ४८१ जनामा कोरोना पुष्टी, ७३१ डिस्चार्ज

१२ पुष, २०७७ १७:५७ मा प्रकाशित

326 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०८ जना सहित देशभर थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ। ३६९ जना क्वारेन्टाईनमा रहेका छन् भने ६ हजार ४९३ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै २३५ जनाको आइसीयूमा र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome