शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

विश्वको तेश्रो ठूलो सङ्गठित अपराध मानव बेचबिखन बढ्दो

१३ पुष, २०७७ ०७:४० मा प्रकाशित

587 पटक पढिएको

women rescued

काठमाडौं – नेपालमा बढ्दो अपराध मध्य मानव बेचबिखन तथा ओसार पसारलाइ एक जघन्य अपराधको रुपमा लिइन्छ । शुरुमा मानव बेचबिखन दास र बधुवा श्रमिक अथवा यौन दासीको रुपमा मात्र सिमित थियो। तर अहिले आएर यो अपराध विश्वभर आधुनिक दासताको रुपमा फैलिएको छ ।

अबैध लागुऔषध र हातहतियार कारोबार पछि विश्वमा तेश्रो ठूलो सङ्गठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला बालबालिका तथा बयस्क पुरुष समेत यो अपराधबाट धेरै मात्रामा पिडित भएका छन । पहिला-पहिला नेपालबाट छिमेकी राष्ट्र भारतमा लगि बेचिन्थे भने पछिल्लो समय भारत खाडी मुलुक अफ्रीकन मुलुक युरोपियन तथा अमेरिकन देशहरुमा विभिन्न स्वरुपमा मानव बेचबिखन भैरहेको मानव बेचबिखन तथा ओसारपसार ब्युरोका प्रमुख डक्टर देब बहादुर बोहरा बताउनु हुन्छ ।

यस्तो मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणको लागि साधन श्रोत सम्पन्न इकाइको आवश्यकता तड्कारो रुपमा देखिए पछि २०७५ साल जेष्ठ २७ गतेको मन्त्रीपरिषदको निर्णयले नेपाल प्रहरी कार्य तथा अपराध अनुसन्धान बिभागको मातहतमा मानव बेचबिखन अनुसन्धान ब्युरोको स्थापना गरिएको हो ।

ब्युरोको स्थापना भएको २ बर्षमानै यस्तो जघन्य सङ्गठित अपराधमा सम्लग्न १ सय ३९ वटा समुहलाइ पक्राउ गरि मुद्दा चलाइ सकेको छ । मानब बेचबिखन जस्तो जघन्य अपराध न्युनीकरणको लागि ब्युरोले विभिन्न खालको जनचेतना मुलक कर्यक्रम गर्दै आएको भएता पनि मानबबेचबिखन तथा ओसारपसार जस्तो अपराध नियन्त्रणको लागि हाल बिध्यमान कानुन पर्याप्त नभएको र अझ कडा खालको हुनु पर्ने ब्युरोका प्रमुख बोहराको भनाइ रहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome