बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

ओलीले संसद भंग गरेर रिस पोखे – प्रकाशमान सिंह

१३ पुष, २०७७ १७:१५ मा प्रकाशित

685 पटक पढिएको

prakash man singh

काठमाडौं – प्रतिपक्षी कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको बताए। संसद‍ विघटनविरुद्ध बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा बोल्दै सिंहले यस्तो बताएका हुन्।

संसद‍ विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको उनले बताए। नेकपाभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखेको उनको दावी छ। ‘पार्टीभित्रको कलह व्यवस्थापन गर्न नसकेको रिस संसद भंग गरेर देखाए,’उनले भने।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई पुन:‍स्थापित गर्नुपर्ने बताए।

पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विदयादेवी भण्डारीले संसद विघटन गरेपछि सत्ता रुढ र प्रतिपक्षी कांग्रेस आन्दोलित भएको हो। सोमबार कांग्रेसले देशभर विशाल प्रदर्शन गर्दैछ।

संसद विघटनविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन सुरु गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद‍् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको हो।

काठमाडौंको बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा कांग्रेस नेता प्रकाशमान सिंहको सम्बोधन सुरु भएको छ। उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए। यस्तै अरु दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन सुरु भएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome