मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

उपत्यकामा २७८ सहित देशभर थप ६५९ जनामा कोरोना पुष्टी, ७१८ डिस्चार्ज

१३ पुष, २०७७ १७:१९ मा प्रकाशित

424 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जनासहित देशभर थप ६५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ। योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ७१८ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५० हजार ५८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ। ३६९ जना क्वारेन्टाईनमा रहेका छन् भने ६ हजार ४२७ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome