शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

दुई तिहाई सरकारले संसद‍्को हत्या गर्‍यो – लेखक

१३ पुष, २०७७ १७:२५ मा प्रकाशित

708 पटक पढिएको

ramesh lekhak

महेन्द्रनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कम्युनिष्टको दुई तिहाई सरकारले संसदको हत्या गरेको आरोप लगाएका छन् । सोमबार कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ ले आयोजना गरेको संसद विघटन विरुद्धको विरोध सभालाई सम्बोधन गर्दै नेता लेखकले दुई तिहाई बहुमत प्राप्त सरकारले जनमतको सम्मान गर्न नसकेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने कार्य अधिनायकवादी सर्वसत्तावादी,निरङ्कुस तानाशाही प्रवृत्ति भएको बताउँदै संसद विघटन असंवैधानिक भएको बताए । ‘यो सरकारले संसदको हत्या गरेर जनमतको घोर अपमान गरेको छ, ‘नेता लेखकले भने, ‘कम्युनिष्ट पाटीको आन्तरिक विरोधले देशलाई अस्थीरतातर्फ धकेलेको छ ।’

उनले कम्युनिष्टले देश समृद्धl र स्थीरताको लागि जनताबाट मत मागेको बताउदै संसद विघटनको जवाफ प्रचण्ड–केपीले जनतालाई दिनुपर्ने बताए । ‘हामीले तीन वर्षसम्म सरकारलाई राम्रो काम गर्न भन्यौं तर सरकारले दुई तिहाईको दम्भले सुनेन।’

नेता लेखकले भने, ‘केपी ओलीलाई सरकार चलाउन कसैले रोकेको हाईन ,आफ्नो घर झगडाले मुलुक जलाउने काम अक्षम्य अपराध हो ।’ नेता लेखकले तीन वर्ष अगाडी कांग्रेस सभापती शेरवहादुर देउवाले भनेको कुरा स्मरण गराउँदै देउवाले कम्युनिष्ट सरकारले हास्न पनि पाइदैन रुप पनि पाइदैन भनेको अहिले सत्य साबित भएको बताए ।

‘लोकतान्त्रिक पद्धतीलाई अवरुद्ध गरेर मुलुकलाई अनिश्चितता र अराजकतातर्फ लग्ने काम आफ्नो घर झगडाले गर्न पाइन्छ ?,’ उनले प्रश्न गरे । ओली सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत उनले आरोप लगाए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome