बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

श्रीमानले धेरै ध्यान दिएर आफ्नो जिन्दगी ‘नरक’ बन्दै गएको भन्दै महिलाले मागिन् सम्बन्ध बिच्छेद

५ श्रावण, २०७७ ०९:१७ मा प्रकाशित

322 Views पटक पढिएको

divorce graphic

काठमाडौं, ५ साउन : प्राय जसो सानो सानो कुराले घरमा झगडा भइरहेको हुन्छ । धेरै मानिसहरु आफ्नो पति पत्नीले माया नगरेको भन्दै दुःख पोखेका हुन्छन् तर एक महिलाले पतिले धेरै माया गरेकोले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेकी छिन् ।

युएईकी एक महिला पतिसँग सम्बन्ध विच्छेद गरेको कारण अहिले निकै चर्चामा छिन् । ती महिलाले पतिसँग टाढिनु खोज्नुको कारण पतिले धेरै माया गरेको बताएकी छन् । उनको कुरा सुनेर मानिसहरु जिब्रो काटिरहेका छन् ।

एक वर्ष पहिले भएको विवाहको सम्बन्ध विच्छेद गर्न अदालत पुगेकी महिलाले मुद्दा दर्ता गर्दै पतिले धेरै माया गर्ने भएको र आफुलाई धेरै माया गरेको मन नपरेकोले पतिसँग टाढीने फैसला गरेको बयानमा भनेकी थिइन् । श्रीमानले आफुलाई धेरै ध्यान दिएकोले आफ्नो जिन्दगी ‘नरक’ बन्दै गएको बताइन् । ती महिलाको पतिले घरायशी काममा पनि श्रीमतीलाई सहयोग गर्ने र विवाहको एक वर्षसम्म पनि कहिल्यै झगडा नभएको खुलासा गरिन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome