मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

रूसी खोपको छैठौं प्रथामिकतामा नेपाल

१३ पुष, २०७७ १७:४३ मा प्रकाशित

792 पटक पढिएको

corona vaccine

काठमाडौं – स्वास्थ तथा जनसङ्ख्यामन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोवबीच शिष्टाचार भेट भएको छ। भेटमा नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई राजदूत नोविकोवले बधाइ र शुभकामना व्यक्त गरे। भेटमा नेपाल र रसियाबीचको एतिहासिक मित्र सम्बन्ध संगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि छलफल भएको छ।

राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरी कोभिड-१९ विरुद्धको लडाईंमा साथ दिने प्रतिवद्धता जनाए। साथै हाल रसियासँग संसारका १ सय ८ देशले खोप माग गरेकामा रसियाले नेपाललाई खोप उपलब्ध गराउने देशको छैठौं प्रथामिकतामा राखेको जानकारी दिए ।

मन्त्री त्रिपाठीले नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विश्वाससहित कोभिड -१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome