सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

९ एसएसपीलाई डीआईजीमा बढुवा गर्न गृहको सिफारिस

१४ पुष, २०७७ ०७:२३ मा प्रकाशित

330 पटक पढिएको

nepal police

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपी गणेशबहादुर ऐरसहित नौ जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

ऐरसँगै एसएसपीहरु पुरुषोत्तम कँडेल, राजेश कुमार लाल कर्ण, डा. देव बहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल शाह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा सिफारिसमा परेका छन्।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचका १४ एसएसपीमध्ये ७ जना बढुवा सिफारिसमा सूचीमा अटाएका छन् भने एआईजी विश्वराज पोखरेलका दुई जना एसएसपीहरु बढुवा सिफारिसमा परेका छन्।

ssp promotion to dig 2020

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome