बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

टेबलमुनि काम गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने मन्त्री तुम्बाहाम्फेको चेतावनी

१४ पुष, २०७७ ०७:३० मा प्रकाशित

793 पटक पढिएको

shiva maya tumbahangphe

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले टेबलमुनि काम गर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएकी छन्। कार्यभार ग्रहण गर्दै मन्त्री मन्त्री तुम्बाहाम्फेले गैरकानुनी काम नगर्न निर्देशन दिएकी हुन्। टेबलमुनि काम गर्न आनन्द मान्ने कर्मचारीलाई सचेत गराउँदै प्रशासन सुधार गर्न कर्मचारी प्रशासन र आफ्नो स्प्रिट मिल्नुपर्ने बताइन्।

मालपोत र नापी कार्यालयका काममा व्यापक जनगुनासा आउने गरेको भन्दै गुनासा नआउने गरी सेवा सम्पादन गर्न उनले जोड दिइन्। ‘मालपोत र नापीका सेवामा करेक्सन गर्न जरुरी छ’ उनले भनिन्। सेवालाई व्यवस्थित गर्न ध्यान दिनुपर्ने उनले बताइन्। भूमीसम्बन्धी एकीकृत ऐन निर्माण गरेर अघि बढ्ने उनको भनाइ छ।

मन्त्री तुम्बाहाम्फेले कार्यभार सम्हाल्दै भूमि प्रशासन सुधार गर्न चारवटा निर्णय गरेकी छन्। जग्गा प्रशासनका गुनासा सम्बोधन गरी राजस्व वृद्धि गर्न जग्गाको लिखत दर्ता प्रणालीमा हकदावीमा सरकार ग्यारेन्टी बस्ने निर्णय गरेकी छन्।

भूमि व्यवस्थापनको काम तीनतहबाटै सम्पादन गर्ने गरी रिइञ्जिनियरिङ गर्ने निर्णय भएको छ। यसले लागत घट्ने, प्रक्रिया सरल हुने, पारदर्शी हुने र मितव्यिता हुने मन्त्रालयले जनाएको छ।

त्यस्तै तुम्बाहाम्फेले जग्गाको भ्यालुएसनमा हुने अनियमितता राजस्व ठगी रोक्नका लागि जग्गाको मूल्यांकन प्रणालीमा एकरुपता ल्याउने गर्ने निर्णय गरेको छ। अहिले एउटै जग्गा र नजिकैको जग्गाको भ्यालुएसन फरकफरक हुने भएकाले जग्गा दलालले लाभ लिइरहेका छन्।

देशभर एउटै हदबन्दी अव्यवहारिक भएको भन्दै स्थान विशेषरुपमा जग्गाको हदबन्दी कायम गरी समय सान्दर्भिक बनाउन समन्यायिक, वैज्ञानिकतबरले कानुनी र नीतिगत व्यवस्था गर्ने निर्णय गरेकी छन्।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले एकीकृत भूमि ऐन ल्ययाएर जग्गा प्रशासन व्यवस्थित गर्न आवश्यक भएको बताए। भूउपयोग व्यवस्थित गरी जग्गा किन्न र बेच्न दलाल नचाहिने व्यवस्था गरिने सचिव पाण्डेले बताए। सहकारीको डाटा व्यवस्थित गर्दै सञ्चालनमा सुधार, ऋण परिचालनमा व्यवस्थित गर्न आवश्यक भएको बताए। उत्पादन र बजारीकरणमा सहकारीलाई लगाउनुपर्ने दायित्व भएपनि सहकारीको फोकस बचत तथा ऋणमै भएको उनको भनाइ छ। सहसचिव जनकराज जोशीले मन्त्रालयले गर्दै आएका कार्यसम्पादनको प्रस्तुती दिदैँ गृह मन्त्रालय पछिको धेरै जनशक्ति भएको मन्त्रालय भएको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome