सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

भदौ पहिलो सातादेखि त्रिविले परीक्षा लिन सक्ने

५ श्रावण, २०७७ १२:२९ मा प्रकाशित

504 पटक पढिएको

tribhuvan university logo

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी निर्णय गर्ने अधिकार डिनको कार्यालयलाई दिएको छ ।

त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको आइतबार बसेको बैठकले परीक्षा फारम भरिसकेका विद्यार्थीको र लकडाउनको अवस्था हेरेर निर्णय गर्न सक्ने गरी निर्णय लिने अधिकार दिएको हो ।

त्रिविका रजिष्ट्रार प्रा.डा पेसल दाहालका अनुसार ७ साउनसम्म लकडाउन रहेको र त्यपसछिको अवस्था हेरेर विद्यार्थीसँग सम्पर्क गरी डिन कार्यालयले परीक्षाको मोडालिटी तय गर्न सक्ने अधिकारी दिइएको छ ।

सेमेस्टर प्रणालीको परीक्षा डिन कार्यालय र वार्षिक परीक्षाको परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने व्यवस्था छ । वार्षिक प्रणालीका परीक्षा असोजमा लिनसक्ने दाहालले बताए । ‘परीक्षा फारम भरिसकेका विद्यार्थीको हकमा निर्णय भएको हो, फारम नभरेका विद्यार्थीको हकमा कुनै निर्णय भएको छैन ।’ उनले भने ।

अहिले सार्वजनिक यातायात समेत चल्न थालेकाले केही समय सामाजिक दूरी कायम गरेर परम्परागत रुपमै परीक्षा लिन सकिने त्रिविका पदाधिकारीको भनाई छ । पहिले विद्यार्थीको ट्रेसिङ गरेर कसरी परीषा गर्ने भन्ने डिन कार्यालयले तय गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome