आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

निर्मला प्रकरणमा मुछिएका एसपी विष्टको निलम्बन फुकुवा गर्ने सरकारको निर्णय

१६ पुष, २०७७ ०८:४२ मा प्रकाशित

448 पटक पढिएको

sp dilli raj bista

काठमाडौं – बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्मला पन्त हत्या प्रकरणपछि बर्खास्त भएका एसपी डिल्लीराज विष्टको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्ट यो निर्णयसँगै प्रहरी सेवामा फर्किन पाउने भएका छन् । विष्टमाथि दुई वर्षअघि भएको कारबाहीलाई बदर गर्दै सरकारले उनलाई काममा फर्काउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

घटनामा प्रहरीले लापरबाही गरेको देखिएपछि तत्कालीन प्रहरी प्रमुख विष्टसँगै प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भएका थिए ।

एसपी विष्ट २०७५ मंसिरमा बर्खास्त भएका थिए । २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको भनिएकी निर्मलाका हत्यारालाई भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

सोही प्रकरणमा अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दासमेत दायर भएको थियो । उक्त मुद्दामासमेत एसपी विष्टले सफाइ पाइसकेका छन् ।

निर्मला हत्या प्रकरणमा मुछिएका भनिएका नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी सेवामा फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome