सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बौद्ध क्षेत्रमा दिउँसोको समयमा चोरी गर्ने गिरोह पक्राउ

१६ पुष, २०७७ ०८:४४ मा प्रकाशित

571 पटक पढिएको

arrested illustration

काठमाडौं – संगठित रुपमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। बौद्ध क्षेत्रमा विगत एक वर्षदेखि दिउँसोको समयमा चोरी गर्दै आएका सात जनाको गिरोह प्रहरीको लामो निगरानीपछि नियन्त्रणमा आएका हुन्।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार पक्राउ पर्नेमा झापा सरनमतीका सोनम लामा, सिन्धुपाल्चोक तातोपानीका संजिव तामाङ, झापा कन्काई महानगरपालिका सनम माझी, झापा शिवसताक्षीका विजय लिम्वु, भोजपुर पौवाटुवाका सन्तोष विक, सुर्य बहादुर श्रेष्ठ, भारत घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने श्री गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्र पसलका सञ्चालक युवराज वलु ववरा छन्।

यो गिरोहले घर रेकी गर्न स्कुटर प्रयोग गर्दै आएका थिए। बाग्मती प्रदेश ०२—०२० प ६६११ नम्बरको हल्का पहेलो रंगको स्कुटरको पछाडिको अन्तिममा रहेको १ अंकलाई मेटाई सुन्य अंक बनाई उक्त स्कुटर प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। विशेषगरि घरमा मानिस नभएको समयमा मात्रै यो गिरोहले चोरी गर्दै आएको प्रहरीले जनाएको छ। चोरी गरेका सुनका गहनाहरु सूर्यबहादुर श्रेष्ठ र सन्तोष बिकको सहयोगमा ववरले गैह कानुनी रूपले संचालन गरेको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्र पसलमा बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। परिसरका प्रवक्ता डिएसपी विष्टका अनुसार चोरी गर्ने, सुन बिक्री गर्ने र खरिद गर्ने समुह पक्राउ पर्नुले यो गिरोह संगठित रहेको बुझिन आएको छ। उनका अनुसार पक्राउ भएकामध्ये तामाङ र लिम्वुको साथबाट प्रहरीले २७ ग्राम खैरो हेरोईन र उक्त लागूऔषध बिक्री गर्न प्रयोग हुने तौल मेसिनसमेत बरामद भएको छ।

प्रहरीले यो गिरोहबाट पाँच लाख ३२ हजार ७० रुपैंया, अमेरिकी डलर, एक तोला ४२ लालको सुनको बेरुवा औंठी, एक तोला ४५ लातको सुनको सिक्री, ववरको पसलबाट गालेको अवस्थामा ५८ तोला बराबरको सुनका टुक्रा, पथ्थरसहितको सुनको जलप लगाएको एक तोला ४३ लाल बराबरको सुनको सिक्री, सुनको झुम्का, सुनको तिलहरी र चाँदीका ५ केजी ६९३ ग्राम बराबरको विभिन्न भाडाकुँडा र गरगहना, घडीहरु ६ वटा, ल्यापटप, नौ वटा मोबाईल, चोरी गर्न प्रयोग भएको स्कुटर र मोटरसाइकल बरामद गरेको छ।

डीएसपी विष्टका अनुसार चोरीका लागि प्रयोग हुँदै आएका फलामे औजारहरु समेत यो गिरोहबाट बरामद भएका छन्। चोरीको सामान बिक्री गरेपछि एकले अर्कोलाई आईएमईमार्फत पैसा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome